काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने मेयरहरुको प्रतिबद्धता | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने मेयरहरुको प्रतिबद्धता


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ, ललितपुर र किर्तिपुरका मेयरहरुले काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

No description available.साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्।

No description available.काठमाडौँ महानगरपालिकाका मेयर शाहले काठमाडौँमा साइकल मैत्री सडक तथा पूर्वाधार लगायतको काममा महानगरबाट तत्कालै आवश्यक अनुसन्धान थाल्ने बताए । उनले काठमाडौँ महानगरले पर्यावरणलगायतका मुद्दा सम्बोधन गर्न पनि साइकलमैत्री राजधानी आवश्यक रहेको भन्दै काठमाडौँ महानगरको तर्फबाट यस कदममा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए।

ललितपुरका मेयर महर्जनले आफ्नो महानगरलाई साइकल मैत्री बनाउने प्रयास थालिसकेको भन्दै आवश्यक पूर्वाधारका लागि काम भइरहेको सुनाए। उनले आफ्नो दोस्रो कार्यकालमा ललितपुर महानगरपालिकाका धेरै स्थानहरु साइकल मैत्री बनाइ सकिने प्रतिबद्धता जनाए।कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीले सांस्कृतिक शहर किर्तिपुरलाई साइकल मैत्रीशहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको र अन्य शहरहरुसँगको सहकार्यमा उपत्यकालाई साइकल मैत्रीशहर बनाउन पहल रहने बताए।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्कर शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा.तारालाल श्रेष्ठ लगायतले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन ढिला गर्न नहुने बताए।No description available.No description available.

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  २ : ०६ बजे

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।

बाँझो जग्गामा ड्रागन फ्रुट, मनग्य आम्दानी

बागलुङ – कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले