मन्त्री आलेले भने, ‘हामी फिल्म मार्फत पर्यटन प्रवर्द्धन गर्न तत्पर छौँ’  « Khabarhub

मन्त्री आलेले भने, ‘हामी फिल्म मार्फत पर्यटन प्रवर्द्धन गर्न तत्पर छौँ’ 


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभा काठमाण्डौमा चलिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ फिल्मकर्मी नीर शाह, सरोज खनाल, सन्तोष पन्त, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघको निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार दीपकराज गिरी, निर्देशक सम्झना उप्रेती रौनियार, निर्देशक प्रचण्ड मान श्रेष्ठ, अशोक शर्मा लगायतको उपस्थिति रहेको थियो । 

No description available.कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू फिल्मनगरीको समस्यालाई सुल्झाउन तत्पर रहेको बताएका छन्। ‘म मेरो मन्त्रालय अन्तर्गतबाट हुने कामहरू कतै रोक्दिन । तपाईँहरू समस्या लिएर आउनुस् ।  मैले गर्नु पर्ने काम मात्र होइन, म समन्वयका निमित्त पनि तयार छु’ मन्त्री आलेले भने । उनले फिल्मले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने आफूले राम्रोसँग बुझेको समेत बताए । ‘आज विश्वका अन्य देशमा घुम्ने योजना बनाउने हामीले फिल्ममा हेरेको दृश्यले गर्दा हो । त्यसैले म फिल्मकर्मीसँग हातेमालो गर्न तत्पर छु । तपाइँहरुलाई छायांकन गर्दा कहाँ के समस्या हुन्छ रु म तुरुन्तै समाधान गर्ने छु र मैले सहकार्य गर्ने स्थानमा सहकार्य पनि गर्ने छु’ उनले भने । उनले कोरोना भाइरसको महामारीको समय बन्द रहेका फलहरूको बिजुलीको समस्यालाई समाधान गर्न समेत उर्जा मन्त्रालयसँग सहजीकरण गरि दिने समेत बनाए । 

‘यो चलचित्र विकास बोर्ड मेरो मन्त्रालय अन्तर्गत पर्नु पर्ने हो । तर, छैन । यद्यपि यहाँ भएका समस्यालाई सुल्झाउन म तत्पर छु’ मन्त्री आलेले भने । उनले नेपाली फिल्मकर्मीले एअरपोर्टमा भिआइपी सुविधा नपाएको तर्फ ध्यान गएको बताउँदै आफूले त्यसलाई समेत समाधान गर्ने बताए । ‘हामीले हाम्रो देशको गहनालाई भिआइपी ट्रिट दिनै पर्छ । तपाइँहरुलाई मातहतको मन्त्रालयले दिएको पहिचान पत्रले नै एअरपोर्टमा भिआइपी सुविधा दिने कम तुरुन्तै गर्छु । सोमबार बिहान मन्त्रालय आउनुस्, म तुरुन्तै फाइल अगाडि बढाएर सञ्चार मन्त्रालयसँग सहजीकरण समेत गर्नेछु’ मन्त्री आलेले भने । 

मन्त्री आलेको प्रतिबद्धतालाई फिल्मकर्मीहरूले स्वागत गरेका थिए । फिल्मकर्मी प्रत्यक्ष रुपमा जोडिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै चासो नदिएको समयमा आफ्नो समस्यालाई मन्त्री आलेले बुझेको भन्दै फिल्मकर्मीले स्वागत गरेका थिए । यसै साधारण सभाले नेपाल चलचित्र सङ्घमा नयाँ नेतृत्व प्रदान गर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ४ : ५३ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान