समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक « Khabarhub

समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरको समन्वयात्मक बैठक अब हरेक महिनाको पहिलो सोमबार बस्ने भएको छ ।

महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न शुक्रबार पहिलो पटक बसेको समन्वययात्मक बैठकले अबदेखी हरेक महिनाको पहिलो सोमबार बैठक राख्ने निर्णय गरेको हो । बैठक पहिलो सोमबार दिनको ३ बजे बस्ने निर्णय भएको छ ।

बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछन् । त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्ने र यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्त यस प्रकारको बैठक बस्न लागिएको प्रमुख शाहको भनाइ छ । विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने शाहले विश्वास व्यक्त गरे ।

शुक्रबारको बैठकमा महानगरका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्सहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूर सञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : १२ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३