माइग्रेनले टाउको दुख्ने समस्या र यसको समाधान « Khabarhub

माइग्रेनले टाउको दुख्ने समस्या र यसको समाधान



अहिलेको समयमा माइग्रेनको समस्या धेरै बढिरहेको छ । लगभग ९० प्रतिशत मानिसमा वर्षमा एक पटक टाउको दुखेको हुन्छ । टाउको धेरै दुखेको अवस्थालाई दुई भागमा वर्गीकरण गरिन्छ । प्राइमरी र सेकेन्डरी । सेकेन्डरीमा अन्य केहि कारणले टाउको दुख्छ भने प्राइमरीमा अन्य कारण हुँदैन।

यसको मुख्य कारण नै माइग्रेन हो । करिब १६ प्रतिशत मानिसमा टाउको दुखाइको कारण भनेको माइग्रेन हो । पुरुषमा भन्दा महिलामा माइग्रेन तीन गुणाले बढी छ । महिलामा माइग्रेनको समस्या पचास वर्ष अगाडि नै देखा पर्ने गरेको छ। यो समस्या बाल्यकाल र किशोर अवस्थामा पनि देखापर्छ ।

माइग्रेन भएको कसरी थाहा पाउने ?
यसका विभिन्न लक्ष्यण छन् । माइग्रेन हुदाँ बेस्सरी टाउको त दुख्छ नै । कसैलाई आधा भागमा दुख्छ । चार घण्टादेखि ७२ घण्टासम्म दुख्छ । कसैको आवाज सुन्दा, होहल्लामा जादाँ अझै बढी दुख्ने गर्छ ।

माइग्रेन हुदाँ उल्टी आउला जस्तो हुने र कसैलाई उल्टी हुने पनि हुन्छ । एउटा मानिसलाई तीनदेखि चारपटकसम्म यस्तो समस्या देखियो भने माइग्रेनको समस्या भएको बुझनुपर्छ।

माइग्रेनको समस्या युवा पुस्तामा बढी
माइग्रेन प्राइमरी हुन्छ । टाउको दुख्ने मुख्य कारण भनेको तनाव हो । युवाहरुले खानपानमा ध्यान नदिनु, निद्रा नपुग्नु, धुम्रपान, मद्यपान बढी गर्नाले माइग्रेन धेरै बढ्न सक्छ ।

माइग्रेन भएका व्यक्तिले दूध, दही आइसक्रिम, अचार, चकलेट खादाँ समस्या झन बढ्ने गर्छ । युवा पुस्ताले धेरै इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने र समयमा नसुत्ने भएकाले माइग्रेन बढेको पाइन्छ ।

नेपालको पछिल्लो अवस्था
पहिलेका मानिस टाउको दुखे पनि परम्परागत तरिकाले उपचार गर्थे । आजभोली धेरै बढेको छ । तर पनि सबै टाउको दुखाई माइग्रेन नहुनसक्छ । सिभिएर टाउको दुखाई मध्ये ५ प्रतिशत अन्य कारण हुन्छ ।

टाउको दुख्यो भन्दैमा माइग्रेन नै हो भनेर बस्नु हुँदैन । अन्य कारणले पनि दुखेको हुनसक्छ । टाउकोमा रगत जमेर, ट्युमर भएमा वा आँखाको कारणले पनि टाउको दुखेको हुनसक्छ । यी कुरालाई विचार गर्नुपर्ने हुन्छ ।

टेन्सन हेडएक र माइग्रेन हेडएक
प्राइमरी हेडएक मुख्य कारण भनेको त तनाव नै हो । टेन्सन हेडएक बिहान उठ्दा फ्रेस हुने र बिहान साँझ भएपछि फेरि
टाउको दुख्ने हुन्छ । यस्तो समस्या हुदाँ मान्छेले आफनो काम गरिरहेको हुन्छ । काममा असर पर्दैन ।

तर, माइग्रेनमा भने सिभिएर पेन हुन्छ । ४ घण्टादेखि ७२ घण्टासम्म टाउको दुख्ने भएकाले काममा पनि असर गर्छ । वंशानुगत कारणले पनि माइग्रेन हुने गर्छ ।

उपचार कसरी गर्ने ?
सबै भन्दा पहिले त हामीले खाना, निन्द्रा, व्यायाममा ध्यान दिनुपर्ने हुन्छ । साथै तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदी कसैलाई तीन चार महिनामा एकपटक माइग्रेन हुन्छ भने माइग्रेन हुने समयमा मात्र औषधि खानुपर्छ ।

कसैलाई निरन्तर टाउको दुखिरहन्छ भने औषधि खानुपर्छ । कतिपय औषधिको साइड इफेक्ट हुन्छ भने कतिको हुँदैन। कसैलाई तौल बढ्ने हुन्छ । औषधि भने मानिसको अवस्था बुझेर घटाउने, बढाउने गरिन्छ ।

समयमै उपचार नगरे के हुन्छ ?
माइग्रेन हुँदा औषधि खायो भने बानी पर्छ । सधैभरी खानु पर्ला कि भन्ने डरले नखाई बस्ने हाम्रो मानसिकता छ । यो सधै भरी खानै पर्ने औषधि होइन । र, खाँदैमा बानी पनि पर्दैन ।

बरु औषधि नखाँदा अझै धेरै समस्या देखा पर्नसक्छ । नियमित डाक्टरको सल्लाहमा औषधि सेवन गर्नु उपयुक्त हुन्छ । जीवनशैलीमा परिवर्तन गरेर स्वस्थ्य जीवनशैली जिउन सकियो भने यस्ता समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ९ : ५८ बजे

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा