मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह « Khabarhub

मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन्।

मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ।

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्।

मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।

उनी यसबीचमा फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुग्नेदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर समन्वय गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : २२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५