मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट | Khabarhub Khabarhub

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ ।

संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको बताए ।

उनका अनुसार नार्पाभूमिमा मतदाता संख्या चार सय ४८ छन् । ‘सडक छाडेर दुई दिन हिँड्नुपर्छ । एउटा योजनामा मात्रै ५०/६० लाख खर्च गर्नुपर्छ । एकजना कामदारलाई मात्रै दैनिक दुई हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । नत्र कामदार पाइँदैन । हरेक हिसावले महँगो पर्छ । बजेट त अझै अपुग हो,’ उनले भने ।

मनाङमा सबैभन्दा बढी नासों गाउँपालिकाको जनसंख्या एक हजार ६ सय ७१ छ । संघीय सरकारले १९ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । हरेक नागरिकलाई बजेट विनियोजन गर्ने हो भने जनही एक लाख १७ हजार नाै सय ५३ रुपैयाँ ३२ पैसा बजेट पर्छ ।

सरकारले चामे गाउँपालिकालाई १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जहाँ एक हजार २ सय ७२ जनसंख्या छ । जनही बजेट वितरण गर्दा एक लाख ३३ हजार ४ सय ११ रुपैयाँ ९५ पैसा पर्छ ।

मनाङ निस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । यहाँको जनसंख्या एक हजार पाँच सय ८४ छ । जनही बजेट वितरण गर्दा एक लाख ३ हजार ७ सय ८७ रुपैयाँ ८७ रुपैयाँ पर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ४ : ३८ बजे

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी

बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम

चौतारा– बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशीलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका

२४ घण्टा सुरक्षित र भरपर्दो  विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा र विद्युत्लाई अक्सिजन

आईभीएफ सेवाको शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने 

काठमाडौं -विभिन्न अस्पताल तथा आईभीएफ सेन्टरहरूले मनोमानी ढंगले सेवाग्राहीहरूबाट लाखौँ