मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल  | Khabarhub Khabarhub

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् । 

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्‍त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् । ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं । सुरुदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो,’ अध्यक्ष नेपालले भने ।  एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।

नयाँ नामअनुसार स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास विकासमन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको लागि सिफारिस गरेको छ । 

एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ भने स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन् । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : ४७ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट