एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे « Khabarhub

एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित होटेल टाउन हलमा घिमिरेले पार्टीका नेता र कार्यकर्ताले अरूलाई भोट लगाउनु गम्भीर विषय भएको बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्कर्ष निकाल्दै उनले भने, ‘आफू अनुकूल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्नु गम्भीर हो । समीक्षा हुन्छ र त्यस्ता अन्तर्घात गर्नेलाई कारबाही गर्छौ ।’ दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उनले स्वार्थको राजनीतिको समूल अन्त्य गर्न यस पटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गरे ।

‘आफूले भनेको सबै ठिक अरूले भनेको सबै बेठिक’, घिमिरेले भने, ‘पार्टी भित्रको अहमता र घमन्डको सीमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कारबाही गर्छौ ।’ घिमिरेले नेकपा एमालेलाई सिद्ध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिस्ट आन्दोलनलाई सखाप पार्नु नै भएको बताए । उनले केही शक्ति एमालेलाई सिद्ध्याउने सोचमा रहेको आरोप लगाए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पूर्वाग्रही ढंगले सरुवा, बढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिए । उनले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रीय कार्यालयबाट एकद्वार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह गरे ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : २१ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै