चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व  | Khabarhub Khabarhub

चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् ।

संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरू आफैं नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरू नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको तयारी छ । स्रोतका अनुसार महासचिवमा नरेन्द्र महर्जनलाई नियुक्त गर्ने उनको मनस्थिति छ । 

यस्तै , सदस्यहरूमा कुबेर शर्मा, गोपाल काजी कायस्थ, नरेन्द्र महर्जन, ओम जैशी, कपिल द्वार, भाष्कर ढुङ्गाना ,चैतन्य बराल, निरज कार्की, गोविन्द शाही, युवराज प्रसाईँ, प्रज्वल शम्सेर जबरा, सुरेन्द्र थापा, राजकुमार श्रेष्ठ रहेका छन् । यस्तै , निरज गुप्ता-पुर्वान्चल सभापति र केदार पराजुली -पश्चिमान्चल सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : १४ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर