नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श « Khabarhub

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए। उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । 

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् । गृहमन्त्री खाणले सबै दलका प्रमुख सचेतकहरूसँग समेत पटकपटक छलफल गरिसकेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ३० बजे

अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया

काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

जनकपुरधाम– धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको

राष्ट्रिय कृषि नीति, २०८३ जारी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं– एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित