आर्थिक अभावमा ७ वर्षदेखि खोरमा थुनिएका शिवराजको उद्धार, अस्पताल पठाइयो | Khabarhub Khabarhub

आर्थिक अभावमा ७ वर्षदेखि खोरमा थुनिएका शिवराजको उद्धार, अस्पताल पठाइयो


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उपचार खर्च जुटाउन नसकेर ७ वर्षदेखि खोरमा थुनिएका उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासका ३७ वर्षीय शिवराज बिश्वकर्माको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्धार गरी सोमबार उपचारका लागि पठाएका छन् ।

मानसिक समस्यामा रहेका उनी ७ वर्षदेखि खोरमा थुनिएका थिए र यसबारे समाचार सार्वजनिक भएको थियो ।

बस्न असहज हुने खोर जस्तो स्थानमा अमानवीय रुपमा उनलाई परिवारका सदस्यले बाँधेर राखेका थिए ।

उनलाई नगर प्रमुख कालुमान लामाले घरमै पुगेर सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने गरी नगरपालिकाको एम्बुलेन्समा उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएका छन् ।

विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले ब्यहोर्ने र उपचारमा जाने कुरुवा समेतको खर्च नगरपालिकाले व्यहोर्ने लामाले बताए ।

विभिन्न रोगले ग्रसित विपन्न परिवारका सदस्यहरुलाई नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने नगर प्रमुख लामाले बताए । उद्धारका लागि दुई जना नगर प्रहरी, स्वास्थ्यकर्मी सहितको टोलीले विश्वकर्मालाई खोरबाट निकालेर नुवाइधुवाइ र सरसफाइ गरेर एम्बुलेन्समा कोशी अस्पताल विराटनगर पठाएको थियो ।

उनीसँगै नगरपालिकाका दुई जना नगर प्रहरी र कुरुवाका लागि भाइ अर्जुन विश्वकर्मा साथै गएका छन् ।

खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा फुकालेर हिँड्ने गरेपछि बाध्यतावश त्यहाँ राख्नु परेको परिवारका सदस्यको भनाइ थियो ।

उनी रातभरी रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेट्ने लगायतको काम गर्थे ।

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेकोमाथि जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको थियो ।

कमाएर ल्याउने छोराको मानसिक सन्तुलन गुमेपछि परिवारमा बिहान बेलुकाको छान टार्नसमेत समस्या परेको उनकी आमा सुमित्रा बिकले बताइन् ।

काठमाडौंमा काम गरेर परिवारलाई समेत भरथेग गरिरहेका उनी २०७२ को भूकम्पछि सम्पर्कविहीन भएका थिए ।

केहीपछि उनलाई चितवनको नारायणी नदी किनाराबाट उद्धार गरिएको थियो । पाटन लगायतका अस्पतालमा उपचारपछि औषधी सेवन गरिरहेका विश्वकर्मालाई आर्थिक अभावमा औषधी खान समस्या परेको थियो । नियमित औषधी खान नपाएपछि उनको अवस्था बिग्रिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : ३७ बजे

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी