लण्डनमा पुटिनका आलोचकलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुसको मृत्यु « Khabarhub

लण्डनमा पुटिनका आलोचकलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुसको मृत्यु


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २००६ मा लन्डनमा रूसका पूर्व जासुस एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अलेक्ज्याण्डर लिट्भिनेन्कोलाई विष खुवाएर मारेको अभियोग लागेका रूसी जासुस दिमित्री कोभटुनको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।

बेलायतका अधिकारीहरूका अनुसार लिट्भिनेन्कोको हत्याको आरोप लगाएका रूसी सांसद आन्द्रेई लुगोभोईले कोभटुनको मस्कोको एक अस्पतालमा मृत्यु भएको बताएका हुन् । उनलाई कोभिड १९ रोग देखिएको बताइएको छ ।

कोभटुन र लुगोवोईले लिट्भिनेन्कोको हत्या गरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अनुमोदन गरेको निष्कर्ष बेलायती अनुसन्धानले निकालेको छ । त्यस्तै, मानव अधिकारसम्बन्धी युरोपेली अदालतले पनि बेलायती निष्कर्षको समर्थन गरेको छ । यद्यपि क्रेमलिनले आफ्नो संलग्नताको अस्वीकार गरेको छ ।

केजीबी र उसको उत्तराधिकारी एजेन्सी एफएसबीका पूर्व एजेन्ट लिटभिनेन्को सन् २००० मा रूसबाट भागेर लण्डन पुगेका थिए । उनले रूसी गुप्तचर सेवामा व्याप्त भ्रष्टाचार र सङ्गठित अपराधसँगको सम्बन्धको पर्दाफास गरेका थिए ।

नोभेम्बर २००६ मा लण्न्डनको एक होटलमा दुई रूसी पुरुषहरूसँग चिया पिएपछि नराम्ररी बिरामी भएका उनको तीनहप्ता पछि मृत्यु भएको थियो । उनले पिएको चियामा रेडियोएक्टिभ पोलोनियम–२१० मिसाइएको पाइएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : ११ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज