गायक सञ्जय श्रेष्ठले काठमाडौँ–६ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने « Khabarhub

गायक सञ्जय श्रेष्ठले काठमाडौँ–६ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मंसिरमा हुने संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले काठमाडौँ- ६ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने तर पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु। बाँकी तपाईंहरूको साथ र विश्वास ।’

गायक श्रेष्ठले यसअघि वि.सं. २०७० को संविधानसभाको चुनावमा राप्रपा नेपालका तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला धेरै मत ल्याउन नसकेका उनी राजनीतिमा खासै सक्रिय थिएनन् ।

उनलाई गत मंसिरमा राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । उनको ‘माया मेरी माया’ बोलको गीत लोकप्रिय छ । पछिल्लो समय भने उनी स‍ंगीतमार्फत खासै चर्चामा छैनन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५