फ्रेन्च ओपनः नाडाललाई उपाधि « Khabarhub

फ्रेन्च ओपनः नाडाललाई उपाधि


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व वरीयताको पाँचौ स्थानमा रहेका स्पेनिस राफेल नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्।

जितसँगै नाडालले हालसम्म वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन्।

आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे।

फ्रेन्च ओपनको जितेसँगै नाडालले ग्रान्डस्लाम उपाधिमा पछ्याइरहेका रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा दुई उपाधिले पछि पारेका छन्। फेडेरर र जोकोभिचले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।

आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए।

नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै