दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा | Khabarhub Khabarhub

दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए।

 नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ । 

समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका इम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ११ : ५९ बजे

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल

अनेरास्ववियु नयाँ नेतृत्वको लागि मतदान सुरु (तस्बिरहरू)

काठमाडौं– अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ

बजेट अभावमा विद्यालय भवन अधुरो

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण