बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : प्रधानमन्त्री देउवा  | Khabarhub Khabarhub

बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : प्रधानमन्त्री देउवा 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मा आर्थिक साझेदारी प्रवर्द्धन गर्न र चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यवद्धता र सहकार्य  हुनुपर्नेमा जोड दिएका छन् । 

बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै उनले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न सङ्गठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका छन् । 

यस्तै, बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताएका छन् । उनले शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १२ : ४७ बजे

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर