समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीको सिफारिस अन्योलमा « Khabarhub

समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीको सिफारिस अन्योलमा


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डलमा हेरफेर गर्न आफ्ना तर्फबाट हेरफेर गरेका मन्त्रीहरूको सिफारिसको कार्यान्वयन अन्यौलमा परेको छ।

बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरूले संसद्मा जवाफ फर्काउँनुपर्ने भएकाले तत्कालै मन्त्रीहरू हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान र समाजवादी पार्टीभित्रको आन्तरिक विवादले सपथ अन्यौलमा थपेको छ। एकीकृत समाजवादीले सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा मन्त्रीमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई सिफारिस गरेको थियो। समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूले समेत प्रधानमन्त्री देउवालाई भेटी पार्टीको निर्णय प्रक्रिया र शैलीमा आपत्ति जनाउँदै तत्काल मन्त्रीहरू परिवर्तन नगर्न आग्रह गरेका थिए।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५