मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान « Khabarhub

मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको बताए । सबैभन्दा धेरै वडा १ र ६ मा ६/६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट एक सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।  यस्तै, वडा २ मा ४ वटा योजनाबाट एक सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा तीन योजनाबाट एक सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । 

उनका अनुसार वडा ४ मा चार योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा तीन योजनाबाट ६० घर, वडा ७ मा दुई योजनाबाट एक सय २५ घर, वडा ८ मा दुई योजनाबाट ५५ घर लाभान्वित भएका छन् । यसैबीच, वडा ९ मा चार योजना सञ्चालन भएको थियो । उक्त योजनाबाट चार सय नौ घरधुरीले खानेपानी सुविधा पाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ५१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को