सर्बियाका छिमेकी मुलुकले विमान उड्न नदिएपछि रुसी विदेशमन्त्रीको भ्रमण स्थगित « Khabarhub

सर्बियाका छिमेकी मुलुकले विमान उड्न नदिएपछि रुसी विदेशमन्त्रीको भ्रमण स्थगित


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्बियाका तीन छिमेकी मुलुकहरुले हवाई क्षेत्रमा उडानको अनुमति नदिएपछि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको छ ।

बीबीसीका अनुसार सर्बियाका छिमेकी मुलुकहरु बुल्गेरिया, उत्तर मेसेडोनिया र मोन्टेनेग्रोले रुसी विदेशमन्त्रीको विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेका हुन् ।

रुसी विदेशमन्त्रालयले लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको पुष्टि गरेको छ । यसबारे जानकारी माग्दा रुसी विदेशमन्त्रालयको स्रोतले ‘हाम्रो कूटनीति अहिलेसम्म टेलिपोर्टेसनमा माहिर भइसकेको छैन’ भन्ने टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैनिक आक्रमण थालेपछि विभिन्न मुलुकहरुले रुसी विमानलाई आफ्नो आकास प्रयोग गर्न दिन अस्वीकार गर्दै आएका छन् ।

युक्रेनमाथि रुसी आक्रमणका बावजुद सर्बिया र रुसबीच अझै पनि मैत्रिपूर्ण सम्बन्ध नै कायम रहेको बताइएको छ । अन्य युरोपेली मुलुकहरुजस्तै सर्बियाले भने रुसमाथि प्रतिबन्ध नलगाएको बीबीसीले जनाएको छ ।

अरु युरोपेली मुलुकजस्तै सर्बिया पनि रुसी उर्जामा निर्भर रहेको छ । रुसी आक्रमणको सुरुवाती दिनहरुमा सर्बियाको राजधानी बल्ग्रेडमा हजारौँ मानिसहरुले रुसी आक्रमणको समर्थनमा प्रदर्शन गरेका थिए ।

लाभ्रोभले यही जुन ६ र ७ मा सर्बियाको भ्रमण गरी त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भुचिचसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ५० बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा