सर्बियाका छिमेकी मुलुकले विमान उड्न नदिएपछि रुसी विदेशमन्त्रीको भ्रमण स्थगित « Khabarhub

सर्बियाका छिमेकी मुलुकले विमान उड्न नदिएपछि रुसी विदेशमन्त्रीको भ्रमण स्थगित


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्बियाका तीन छिमेकी मुलुकहरुले हवाई क्षेत्रमा उडानको अनुमति नदिएपछि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको छ ।

बीबीसीका अनुसार सर्बियाका छिमेकी मुलुकहरु बुल्गेरिया, उत्तर मेसेडोनिया र मोन्टेनेग्रोले रुसी विदेशमन्त्रीको विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेका हुन् ।

रुसी विदेशमन्त्रालयले लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको पुष्टि गरेको छ । यसबारे जानकारी माग्दा रुसी विदेशमन्त्रालयको स्रोतले ‘हाम्रो कूटनीति अहिलेसम्म टेलिपोर्टेसनमा माहिर भइसकेको छैन’ भन्ने टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैनिक आक्रमण थालेपछि विभिन्न मुलुकहरुले रुसी विमानलाई आफ्नो आकास प्रयोग गर्न दिन अस्वीकार गर्दै आएका छन् ।

युक्रेनमाथि रुसी आक्रमणका बावजुद सर्बिया र रुसबीच अझै पनि मैत्रिपूर्ण सम्बन्ध नै कायम रहेको बताइएको छ । अन्य युरोपेली मुलुकहरुजस्तै सर्बियाले भने रुसमाथि प्रतिबन्ध नलगाएको बीबीसीले जनाएको छ ।

अरु युरोपेली मुलुकजस्तै सर्बिया पनि रुसी उर्जामा निर्भर रहेको छ । रुसी आक्रमणको सुरुवाती दिनहरुमा सर्बियाको राजधानी बल्ग्रेडमा हजारौँ मानिसहरुले रुसी आक्रमणको समर्थनमा प्रदर्शन गरेका थिए ।

लाभ्रोभले यही जुन ६ र ७ मा सर्बियाको भ्रमण गरी त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भुचिचसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ५० बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को