बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने « Khabarhub

बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन तत्काल हदम्याद नहट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई उक्त घटनाको उजुरी दिने हदम्याद हटाउन नसकिने बताएका हुन् ।

बलात्कार तथा यौन हिंसाको घटनाबारे सरकार गम्भीर भएको बताउँदै आयोगले दिने अध्ययन प्रतिवेदनको आधारमा मात्रै त्यसको उजुरीको हदम्याद हटाउने गरी कानुन संशोधन गर्न सरकार तयार रहेको समेत बताए । सो घटनाका पीडित हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भनेर नै आफूले मन्त्री हुनेबित्तिकै हदम्यादका सम्बन्धमा सर्वोच्च अदालतको हालसम्मको नजिर, सामाजिक परिवेश र विभिन्न मुलुकको हदम्याद सम्बन्धी प्रधानलाई हरेर प्रतिवेदन बनाउन आफूले कानुन आयोगलाई भनेको पनि मन्त्री बन्दीले उल्लेख गरे।

‘विधेयकमै कति ल्याउन सकिन्छ हेरौंला, अध्ययन प्रतिवेदन कानुन आयोगले ल्याएर सरोकारवालाहरुसँगको छलफल ल्याउन सकियो भने सरकार त्यसका निम्ति प्रयत्नशील हुनेछ,’ उनले भने, ‘अध्ययन प्रतिवेदन आउने बित्तिकै त्यो विषयमा छलफल गरेर कानुनमा सुधार गरिनेछ।’

मन्त्री शर्माले बलात्कार तथा यौन हिंसाका घटना नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ४ : १५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै