बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने | Khabarhub Khabarhub

बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन तत्काल हदम्याद नहट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई उक्त घटनाको उजुरी दिने हदम्याद हटाउन नसकिने बताएका हुन् ।

बलात्कार तथा यौन हिंसाको घटनाबारे सरकार गम्भीर भएको बताउँदै आयोगले दिने अध्ययन प्रतिवेदनको आधारमा मात्रै त्यसको उजुरीको हदम्याद हटाउने गरी कानुन संशोधन गर्न सरकार तयार रहेको समेत बताए । सो घटनाका पीडित हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भनेर नै आफूले मन्त्री हुनेबित्तिकै हदम्यादका सम्बन्धमा सर्वोच्च अदालतको हालसम्मको नजिर, सामाजिक परिवेश र विभिन्न मुलुकको हदम्याद सम्बन्धी प्रधानलाई हरेर प्रतिवेदन बनाउन आफूले कानुन आयोगलाई भनेको पनि मन्त्री बन्दीले उल्लेख गरे।

‘विधेयकमै कति ल्याउन सकिन्छ हेरौंला, अध्ययन प्रतिवेदन कानुन आयोगले ल्याएर सरोकारवालाहरुसँगको छलफल ल्याउन सकियो भने सरकार त्यसका निम्ति प्रयत्नशील हुनेछ,’ उनले भने, ‘अध्ययन प्रतिवेदन आउने बित्तिकै त्यो विषयमा छलफल गरेर कानुनमा सुधार गरिनेछ।’

मन्त्री शर्माले बलात्कार तथा यौन हिंसाका घटना नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ४ : १५ बजे

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल