घरको नक्सापास नगरे पानी र बिजुली बन्द गर्छौं : नगर प्रमुख यादव « Khabarhub

घरको नक्सापास नगरे पानी र बिजुली बन्द गर्छौं : नगर प्रमुख यादव


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवले राजविराज नगरपालिकाको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न जिल्लावासीलाई आग्रह गरेका छन् ।

उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको बताए । जरिवाना छुट गरे पनि लाग्ने शुल्क छुट नहुने उनको भनाइ छ । ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती बन्द गर्छु । त्यसपछि कारबाही हुन्छ,’ उनले भने । राजविराज नगरपालिकाले सोमबार नगरपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारहरूसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजविराज नगरपालिका कार्यालयमा रहेको असुल हुने बेरुजु सम्बन्धित व्यक्तिलाई प्रशासनमार्फत थुन्न लगाएर भए पनि असुली गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले छोराछोरीसँग बस्न सक्ने अवस्था नरहेका, घरबाट निकालिएका आमाबाबुका लागि तत्काल वृद्धा आश्रम खोलेर सञ्चालनमा ल्याउने बताए । विभेदमा परेको विकास हुन नसकेको राजविराज सहरलाई ६ महिनाभित्र गुलाफी सहर बनाउने र त्यसका लागि आफू कठोर बन्नुपर्ने उनले बताए ।

प्रमुख यादवले घुस दिएर गलत काम गराउन खोज्ने र घुस लिएर गलत काम गर्नेलाई समातेर प्रशासनको जिम्मा लगाएर कारबाही दायरा ल्याउने बताए । सरकारी कार्यालयहरूमा भइरहेको व्याप्त भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा सधैँ अग्रसर रहने बताए । राजविराजको विकास र यहाँका बेथिति न्यूनीकरणका लागि यहाँका पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

राजविराजका एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू माफिया गुन्डाहरूको अखडा बनेको तत्काल सुधा र गर्न लागि परेको जानकारी दिए । घरको काम, व्यक्तिगत व्यवसाय सञ्चालन गरेर सरकारी तलब भत्ता खाने छुट कसैले पाउने बताए ।

सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर बिदा दिने बताए। स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने मेयर यादवको भनाई रहेको थियो ।

नगरपालिकाको फोहर व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ३ महिना भित्र नगर बस सञ्चालन, असारमसान्त भित्र बसपार्क सञ्चालन, राजविराज हटिया ठेक्का लगाउने बताउँदै प्रतिबद्धता व्यक्त गरे ।

छाडा सुँगुरलाई घरमा राख्ने पूर्वाधार विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले त्यति गर्दा समेत सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने बताए । पहिलोपटक १ हजार लिएर छोड्ने, दोस्रो पटक २ हजार लिएर छाड्ने बताए । तेस्रो पटक पनि समातियो भने छाडा गाई गोरुलगायतका चौपायालाई कोसी टापुमा लगेर छोडिने बताए ।

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : ३५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु