महिला क्रिकेट- नेपालद्वारा भुटान ४ विकेटले पराजित « Khabarhub

महिला क्रिकेट- नेपालद्वारा भुटान ४ विकेटले पराजित


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्व कप एसियाली छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको क्वाललम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो ।

भुटनले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् भने साना प्रवीणले १२ रन जोडिन् । टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

नेपालका लागि अनु कडायत, मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २–२ तथा स्नेहा महराले १ विकेट लिइन् । ३ खेलमा २ मा जित निकालेको नेपाल खेल तालिकामा ४ अङ्कसहित तेस्रो स्थानमा छ । ३ खेल नै जितेको थाइल्याण्ड दोस्रो र यूएई शीर्ष स्थानमा रहेको छ ।

१ खेलमा जित निकालेको मलेसिया चौथो स्थानमा छ । सबै ३ खेलमा पराजित कतार पाँचौँ र भुटान पुछारमा रहेको छ । मंगलबार हुने खेलमा नेपाल र थाइल्याण्ड बिहान सवा ७ बजे आमने सामने हुनेछन् । छनोटको अन्तिम खेलमा नेपाल र मलेसिया बिहीबार भिड्नेछन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : ४२ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।