नाइजेरियामा क्याथोलिक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाको मृत्यु « Khabarhub

नाइजेरियामा क्याथोलिक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको दक्षिणपश्चिममा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस जेभियर क्याथोलिक चर्चमा आक्रमण भएको हो । आक्रमणमा नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहको हात रहेको अनुमान गरिएको छ ।

यस्ता उग्रवादी समूहले सो क्षेत्रमा पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि हालसम्म आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।

राज्यको गभर्नर कार्यालयका प्रवक्ता रिचार्ड ओलाटुन्डेले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार चर्चमा उपस्थित मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणअघि चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न पुगेका एएफपीले जनाएको छ ।

राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ । नाइजेरियाको मेडिकल एसोसिएसन (एनएमए) ले पनि स्थानीयहरुलाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो ।

एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए ।

आफ्नो नाउँ अबायोमी बताउने उनले एएफपीलाई भने, ‘चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुन्दा म नजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ । आक्रमण सुनेपछि चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगेको र घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो ।’

घटनापछि आक्रमणकारी त्यहाँबाट फरार भएको बताइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ८ : १६ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज