क्रोयसिया र फ्रान्सको बराबरीमा रोकिए « Khabarhub

क्रोयसिया र फ्रान्सको बराबरीमा रोकिए


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेसन्स लिगमा सोमबार राति क्रोएसियाले फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो ।

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए ।

लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २-१ ले हरायो । दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको तीन अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान एक अंक छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ४९ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा