मुगुमा आगलागीबाट दुई घर जलेर नष्ट « Khabarhub

मुगुमा आगलागीबाट दुई घर जलेर नष्ट


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको खत्याड गाउँपालिका- ४ पैखुगाउँमा आगलागीबाट जलेर दुई घर नष्ट भएका छन् ।

मंगलबार बिहान करिब ११ बजेतिर एक्कासि लागेको आगोबाट स्थानीय चुत्तबहादुर थापा र शारदा थापाको घर पूर्ण रूपले नष्ट भएको छ । आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुवास हमालले बताए ।

आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटाइएको उनले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन् । अहिले आगलागी करिब नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ९ : ५६ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार