कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु « Khabarhub

कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा चितवनमा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६ : ४५ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शवलाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ०१ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली