बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिर्ने आज अन्तिम दिन हो ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला भएकामा कुल निष्काशन गरिने सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा मेरो सेयरको मोबाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिन्छ । नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ९.६८ रुपैयाँ छ । कम्पनीले कास्की जिल्लामा ८.८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६.६ मेगावाट क्षमताको रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ।

दि खोला ए जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण लागत १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ३९ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार