फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह (भिडियो) « Khabarhub

फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै सांसद थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य रहेको भन्दै प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरेका हुन् । 

थापाले फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरे।

‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो । स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ ।

त्यसका लागि पहलकदमी लिन सभामुख ज्यू मार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छ’ थापाले भने । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्नेमा सांसद थापाको जोड छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ३ : ५७ बजे

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६