भोजपुर ट्रेल रेस फागुन ४ मा « Khabarhub

भोजपुर ट्रेल रेस फागुन ४ मा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि शुरु हुने भएको छ ।

मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरले जनाएको छ ।
रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र विस्तारका लागि नीति नै बनाएर लाग्ने बताउनुभयो ।
मीरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्वसमक्ष देशको नाम चिनाउन सफल भएकाले मीराको नाममा बहुउद्देश्य रङ्गशालासँगै सामुदायिक भवनसमेत निर्माण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : २८ बजे

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको