श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला « Khabarhub

श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली श्रीलंकाविरुद्धको लगातार दोस्रो टी-२० खेलमा  विजयी हुँदै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

बुधबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हरायो । योसँगै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनायो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍याे।

श्रीलंकाका चारिथ असलंकाले सर्वाधिक ३९ रन तथा कुशल मेन्डीसले ३६ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : २९ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच