‘प्रसाद २’ को निर्देशकमा सुदर्शन अनुबन्धित  « Khabarhub

‘प्रसाद २’ को निर्देशकमा सुदर्शन अनुबन्धित 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । सुदर्शनले निर्देशन गर्ने तय भएसँगै केही दिन यता उनले लेखक सुशील पौडेलसँग स्क्रिप्टमा काम गरिरहेका छन् । ‘प्रसाद’ को दर्शकलाई निराश बन्न नदिन लेखक तथा निर्देशक स्क्रिप्टको काममा व्यस्त छन् ।

‘प्रसाद’ निर्देशन गरेका राउतले आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने घोषणा गरेका थिए । राउतले सिक्वेल नगर्ने घोषणा गरेपछि ‘प्रसाद २’ लाई निर्देशन गर्ने निर्देशकको खोजी भयो । निर्माता सुभाष थापाले निर्देशकमा सौरभ चौधरीलाई तय गरेका थिए । उनले स्क्रिप्टसँगै कास्टिङको काम समेत हेरे । यद्यपि निर्माण टिमसँग क्रिएटिभ डिफरेन्सेस भएपछि सौरभको सट्टा  ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका हुन् ।

पछिल्लो समय लभ स्टोरी फिल्ममा रमाउँदै आइरहेका सुदर्शनले सोसल ड्रामामा फरक ढङ्गले प्रेमलाई प्रस्तुत गर्नेछन् । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहने छ । फिल्म दसैँ अगाडि नै छायांकनमा जाने तयारी छ । विश्वस्त स्रोत अनुसार फिल्म यसै वर्षको अन्त्यमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : ५३ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।