सरकार कहाँ छ ? जिम्मेवार  र वफादार बन्नु पर्दैन ? : कांग्रेस सांसद डिला संग्राैला « Khabarhub

सरकार कहाँ छ ? जिम्मेवार  र वफादार बन्नु पर्दैन ? : कांग्रेस सांसद डिला संग्राैला


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार भएको अनुभूति हुन नसकेको समेत बताइन् । 

‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो विडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् ।

सांसद संग्रौलाले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्ने बेला किसानहरूले मल पाउन नसकेको उनले जनाइन् । 

‘महँगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण छैन । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।  

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ५३ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा