५८ लागे अभिनेता हमाल « Khabarhub

५८ लागे अभिनेता हमाल


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दर्शकले महानायकको ट्याग दिएका अभिनेता राजेश हमाल आज जन्मोत्सव मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालमा फ्यान देखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् । उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो । आफूलाई सँधै युवा भन्न रुचाउने हमालले २०४६ सालमा अभिनेताको रुपमा डेब्यु गरे । त्यस अगाडि उनको पहिचान मोडलको रुपमा स्थापित थियो । उनले साइनोमा आफ्नै मामा पर्ने दीपक रायमाझीको फिल्म ‘युग देखि युगसम्म’ मार्फत २०४६ सालमा डेब्यु गरेका हुन् । 

उनको जीवनमा अर्को महत्वपूर्ण डेट बन्यो २०७१ साल । किनकी यो वर्ष उनले एउटा प्रश्नको अन्त्य गरे, ‘विवाह कहिले गर्ने ?’ उनले प्रेमिका मधु भट्टराईसँग विवाह गरे । २ सय भन्दा बढी फिल्ममा अभिनय गरेका अभिनेता हमालले पछिल्लो समय भने टेलिभिजन, म्युजिक भिडियो, विज्ञापन र स्टेज शो मा व्यस्त छन् । दुई दशक अगाडि अनुहार बिक्ने हिरोको रुपमा परिचित हमालले पछिल्लो समय फिल्म भने गरिरहेका छैनन् । उनले कमब्याक गर्ने भनिएको फिल्म ‘बागमती’ असफल रह्यो । त्यसपछि फिल्मबाट टाढिएका अभिनेता हमालले ‘सत्यम’ मार्फत कमब्याकको योजना बनाए । यद्यपि त्यो फिल्म अझै बन्ने नबन्ने टुङ्गो छैन । उनले रोहित कारण वैद्यको फिल्म ‘मायाको माया’ मा अभिनय गर्ने तय भएको छ । केही समयमै फिल्म छायांकनमा समेत जानेछ । 

झन्डै ८ वर्ष अगाडि अभिनेता हमालले मधुसँग विवाह गरेर एउटा प्रश्नको अन्त्य त गरे । यद्यपि अर्को प्रश्नको उदय भयो । ‘जुनियर हमाल’ कहिले आउँछन् ? उनलाई अहिले सर्वाधिक सोधिने प्रश्न नै यही हो । उनको बच्चा कहिले होला ? वा हुन्छ ? भन्ने प्रश्नको सामना केही वर्ष यता उनले गरिरहेका छन् । यस्तै उनले फिल्म मेकिङ्ग गर्ने भनेर अझै त्यसलाई मूर्तरूप दिन सकेका छैनन् । 

फिल्म निर्माण वा निर्देशनको विधामा सक्रिय हुने भनिएका हमालले अझै त्यसलाई मूर्तरूप दिएका छैनन् । आधिकांश फिल्मकर्मीले उनले यो समयमा फिल्म निर्माण वा निर्देशनमा आएको हेर्न चाहेका छन् । यद्यपि त्यो अझै सम्भव देखिएको छैन ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ५५ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर