पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक सञ्चालन  « Khabarhub

पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक सञ्चालन 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिरोका कारण अवरुद्ध भएको काठमाडौं- मुग्लिन सडक सञ्चालन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक सञ्चालनमा आएको हो । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो ।

बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ बजे हटाइएकोले अहिले दुईतर्फी नै सवारी चलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । यो सडक राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक/पटक अवरूद्ध हुने गरेको छ ।

पहिरो सफा भए पनि रातिदेखि नै बाटोमा सयौँ गाडी रोकिएकाले यातायात सहज रूपमा चल्न केही समय लाग्ने भएकाले आफ्नो लेनअनुसार सवारी चलाउन चालकहरूलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : २१ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर