भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू « Khabarhub

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुत बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको हो। वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका चारवटै स्थानीय तहमा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राख्ने प्रमुख जिल्ला अधिकारी शर्माले  जानकारी दिए । 

उनले भने, “चारवटै नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद्सँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिको छलफलबाट विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।”यहाँका सबै नगरपालिका प्रमुखले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राख्ने सहमति भएको भन्दै प्रजिअ शर्माले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको छ भने ।

उनले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्री बोट, साबेल, डोरी, लाइफ ज्याकेटलगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको उल्लेख गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना क्षेत्रका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने जानकारी दिए । 

वर्षायाममा मुख्यगरी भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेटामा पर्दै आएको छ भने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामीण एवं पहाडी क्षेत्र पहिराको जोखिममा पर्दै आएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्यधिकरूपमै अवैध जग्गा खण्डीकरण एवं प्लटिङ रहेकाले पहिराको जोखिम बढेको नगरप्रमुखहरूको गुनासो थियो । चाँगुनारायणका प्रमुख खत्रीले अवैधरुपमा सञ्चालित जग्गा प्लटिङदेखि जग्गा सम्याउने बाहनामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्यधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरु गरेको बताउँदै यसमा प्रहरी प्रशासनको प्रभावकारी साथ र सहयोग जुटाइदिन आग्रह गरे । जथाभावी डोजर लगाउँदा यहाँका बस्ती नै जोखिममा परेको भन्दै यसलाई रोक्न अत्यावश्यक भएको उनले औँल्याए ।

प्रमुख जिल्ला अधिकारी शर्माले सार्वजनिक सम्पत्ति रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा संकलन गर्न, नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण संकलन गरी दुरुस्त राख्न, अवैधरुपमा  ढुङ्गा, माटो, बालुवाखानी सञ्चालनलाई तत्काल रोक्न र जग्गा खण्डीकरण रोक्न निर्देशन दिए । उनले चारवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना पनि दिए ।

 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : ०३ बजे

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने