सार्वजनिक यातायातको भाडा फेरि बढ्यो (सुचीसहित) « Khabarhub

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो (सुचीसहित)


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको हो । 

यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो ।  विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् । 

[pdf-embedder url=”https://www.khabarhub.com/wp-content/uploads/2022/06/aNaTaRaPaRaThaShaBhaDaThaRa2022-06-10_11-57-14-197.pdf”]

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १ : ३५ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी