लमजुङमा चारवटा मोटरेवल पुल निर्माण « Khabarhub

लमजुङमा चारवटा मोटरेवल पुल निर्माण


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजङुमा निर्माणाधीन मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधीन नौवटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेवल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेवल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेँसीशहर–सुन्दरबजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेवल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेवल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेवल पुलको निर्माण कार्य सकिएको हो । त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेवल पुल र दूधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गिरीको भनाइ छ ।

निर्माण सम्पन्न र निर्माणाधीन मोटेरेवल पुलमध्ये अधिकांश अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजना हुन् । तर, अघिल्लो आर्थिक वर्षमा विश्वव्यापी कोभिड–१९ को प्रभाव, सरकारले जारी गरेको लकडाउन लगायतका कारण देखाउँदै निर्माण अवधि थपिएका हुन् । यद्यपि यसवर्ष पनि कोभिडको प्रभावसँगै बढ्दो महँगी र स्थानीय तहको निर्वाचनका कारण विकास निर्माणका काम प्रभावित भएको कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ३६ बजे

निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग

फिल्म नबिक्ने प्रकाशको त्यो डर 

काठमाडौं – नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप

तस्करी, लागुऔषध र जघन्य अपराधमा मोरङ प्रहरीको ‘फुल स्केल’ अभियान

काठमाडौं- मोरङमा पछिल्ला महिनाहरूमा प्रहरीको सक्रियता बढेसँगै भन्सार नाकादेखि बजार

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो- उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल