पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै « Khabarhub

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको सङ्घीय मन्त्रिपरिषद्को बैठकले १५ शय्याको सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ शय्याको पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिए ।

‘पर्साको पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० शय्यामा प्रदेश अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ’, मन्त्री पौडेलले भने ।

उनले पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यसमा सघाउने सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ११ : ३७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी