सलमान माथि हत्या प्रयास भएको प्रहरीको दावी « Khabarhub

सलमान माथि हत्या प्रयास भएको प्रहरीको दावी


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको छ ।

पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेकाे हाे । पूर्व सूचना पाएर सलमान बाँच्न सफल भएकोसमेत प्रहरीले दावी गरेको छ ।

बिश्नोईको आदेशमा निशानेबाज हकीको लठ्ठीमा पेस्तोल लगाएर सलमान खानलाई मार्न भनेर सलमानको घर ग्यालेक्सी अघि बसेको तर अन्तिम समयमा आएर उसले आफ्नो निर्णय परिवर्तन गरेको टाइम्स नेटवर्कले प्रसारण गरेको सूचनामा उल्लेख  ।

सलमान खान बिहानै सेक्युरिटी गार्डविना साइक्लिङमा निस्कने र सोही समयमा सलमानमाथि गोली प्रहार गर्ने बिश्नोई र उनका सदस्यको योजना रहेको सार्वजनिक रिपोर्टमा भनिएको छ । तर जुन दिन निशानेबाजले सलमानमाथि गोली प्रहार गर्ने योजना बनाएका थिए सोही दिन सलमान कुनै कार्यक्रममा जानु पर्ने भएकाले प्रहरी बिहानैदेखि सलमानको घर वरपर तैनाथ भएको देखेपछि निशानेबाज आफ्नो योजना फत्ते नगरी फर्कन बाध्य भएको समेत प्रहरीको सूचनामा भनिएको छ ।

बिश्नोईले लामो समयदेखि सलमानको हत्याको योजना बनाइरहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सलमानले कालो हरिणको शिकार गरेकोमा बिश्नोई समुदाय सलमानसँग रुष्ट रहँदै आएको छ । कालो हरिणलाई बिश्नाई समुदायले भगवान सरह मान्ने गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : १६ बजे

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को प्रथम चार

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौं– आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका