‘पानीफोटो’ ले देला त मलिकालाई राहत ? « Khabarhub

‘पानीफोटो’ ले देला त मलिकालाई राहत ?


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा स् द म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा समेत अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ मा अभिनय गर्ने वर्कशपमा समेत सहभागी भएकी मलिकाले फिल्म छाडिन् । उक्त फिल्म अझै बन्न सकेको छैन ।

उनले पनि अझैँ फिल्ममा अभिनय गर्न सकेकी छैनन् ।  फिल्म मार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियोले दर्शकको मन जित्यो । ‘फूलबुट्टे’ सारी’ मार्फत भिडियोमा उदाएकी मलिकालाई आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीतमा दर्शकले सर्वाधिक रुचाएका छन् । म्युजिक भिडियोमा खोजिने नाम बनिसक्दा पनि फिल्मबाट भने उनलाई चित्त बुझ्दो अफर आउन सकेको छैन । 

उनले अभिनय गरेको फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा प्रदर्शन हुँदैछ । फिल्ममा अभिनय गर्नु अगाडि उनले अडिसन समेत दिएकी थिइन् । फिल्मका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले उनले भूमिकालाई न्याय गरेकै कारण कास्ट गरेको बताएका छन् । ‘मलिकाको सुन्दरता अभिनयमा पनि देखिनेछ’ उनले एक अन्तर्वार्ताको क्रममा भनेका थिए । यद्यपि अभिनय गर्न नसकेकै कारण उनी एक प्रतिष्ठित ब्यानरमा अटाउन सकिनन् । अडिसन समेत दिएकी मलिकाले निराश हुनु पर्‍यो । म्युजिक भिडियो झैँ फिल्ममा पनि सफलता खोजिरहेकी मलिकालाई ‘पानीफोटो’ ले कसरी स्थापित गर्छ रु यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : ४७ बजे

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शक्ति

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको