बलिउड सेलेब्सको यस्तो छ 'लक्की चार्म'  | Khabarhub Khabarhub

बलिउड सेलेब्सको यस्तो छ ‘लक्की चार्म’ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सेल्बेसहरु भाग्यमा विश्वास गर्छन । उनीहरूको ‘गुड लक’ भनौँ वा लक्की चार्म केही न केही हुन्छ । प्राय सेलेब्सले आफ्नो लक्की चार्मलाई युज गर्ने गर्छन । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ुलक्की चार्म’ लाई सँगै लिएर हिँड्ने गर्छन् ।

अभिनेता सलमान खानको ‘लक्की चार्म’ उनको ब्रास्लेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रास्लेट उनका लागि भाग्यशाली छ । सलमानले आफैँ पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । त्यसैले उनले प्राय फिल्ममा ब्रास्लेटको प्रयोग गर्ने गरेका छन् । उनले पछिल्लो केही फिल्ममा ब्रास्लेट फुकालेका थिए । केही हिट भएता संख्यात्मक हिसाबले फ्लपको संख्या बढी छ । अभिनेत्री कट्रिना कैफ आफ्नो फिल्म रिलिज हुँदाको समय अजमेर सरिफ जान्छिन् र आशीर्वाद लिन्छिन् । अभिनेत्री विद्या वालनलाई इभेन्ट वा पार्टीमा सुन्दर गाजलमा देखिने गर्छिन् । पाकिस्तानमा बन्ने गरेको हाशमी गाजलमा उनी विश्वास गर्छिन् । उनी यो गाजल आँखाको शोभा बढाउन मात्र होइन भाग्यका लागि पनि लगाउँछिन् ।

अभिनेत्री काजोललाई आफ्नो डायमन्ड स्टडेड ओम औँठीमा आफूलाई भन्दा बढी विश्वास छ । यो औँठी उनलाई पति अजय देवगणले उपहार दिएका हुन् । काजल यो औँठीलाई दाहिने हातको औँलामा लगाउँछिन् । काजलका अनुसार यो औँठीले उनलाई शान्त रहन सहयोग पुर्‍याएको छ ।अभिनेता अजय देवगणको वास्तविक नाम विशाल थियो, तर अभिनयमा पाइला चालेपछि उनले यो नाम बदलेर अजय राखे । उनले आफ्नो सरनेमबाट ‘ब’ पनि हटाएका छन् । यही हटाएको नामले उनलाई सफलताको शिखरमा पुर्याएको विश्वास गरिन्छ । अभिनेत्री शिल्पा शेट्टी आध्यात्ममा बढी रुचि राख्छिन् । उनले आफ्नो दाहिने हातको औँलामा पन्ना जडित औँठी लगाएकी छन् । यो उनलाई आमाले उपहार दिएकी हुन् । शिल्पाको अनुभवमा औँठीका कारण उनको करियरमा नयाँ आयाम दिएको छ ।

अभिनेता रणवीर सिंह खुट्टामा कालो धागो बाँध्छन् । रणवीर बारम्बार बिरामी हुने गरेपछि उनकी आमाले खुट्टामा धागो बाँधिदिएकी थिइन् । यो धागो बाँधेपछि उनी बिरामीमुक्त भएका थिए ।अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्विविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रतिको उनको विशेष आस्था छ । अभिनेता अमिताभ बच्चन बलिउडका बिग बि सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले । अभिनेता शाहरुख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’ मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।

अभिनेता अमिर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ०६ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही