जनवरी ६ दंगा प्रकरण : अमेरिकामा ट्रम्पविरुद्ध संसदीय छानबिन सुरु « Khabarhub

जनवरी ६ दंगा प्रकरण : अमेरिकामा ट्रम्पविरुद्ध संसदीय छानबिन सुरु


२७ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सन् २०२१ को जनवरीमा अमेरिकी संसद भवन क्यापिटोलमा भएको दंगालाई लिएर अमेरिकाको संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ थालेको छ ।

अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणाममा असन्तुष्टी जनाउँदै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल भवनमा दंगा मच्चाएका थिए ।

यस विषयमा जारी सुनुवाइका क्रममा संसदीय अध्यक्ष बेनि थोमसनले उक्त घटनाले दुई सय पचास वर्ष भन्दा पुरानो अमेरिकी संवैधानिक लोकतन्त्रलाई धरापमा पारेको बताए ।

संसदीय समितिमा रहेका प्राय सदस्यहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाएका छन् । गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरूले राष्ट्रपति जो बाइडेनको चुनावी विजय प्रमाणीकरण हुनबाट रोक्न अमेरिकी संसद भवनमा दंगा मच्चाएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ५ : ०७ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ