प्रदीपलाई सफलताको ‘प्रेसर’  « Khabarhub

प्रदीपलाई सफलताको ‘प्रेसर’ 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक प्रदीप भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्मको तयारीमा जुटेका छन । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’ को सुटिङ असारको पहिलो साताबाट सुरु हुँदैछ । 

डेब्यु फिल्म पश्चात ब्राण्डस्टारडम मार्फत आफ्नो फिल्मलाई धेरै दर्शक समक्ष पुर्याउने लेखक तथा निर्देशक भट्टराईले यसपटक मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्ललाई लिएर फिल्म निर्देशन गर्दैछन् । यसपटक फिल्ममा हिरो हिरोइनको रुपमा नयाँ कलाकारहरूलाई लिएका छन् । नाम नखुलाईएता पनि केही दिनमा उनीहरूको जानकारी दिने तयारी टिमको छ । 

लगातार तीन फिल्ममा आफूलाई बक्सअफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन या हुँदैनन् ? यो जिज्ञासा यथावत नै छ । त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ०२ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद