बाह्र वर्षपछि रजनीकान्तसँग बाँधियो ऐश्वर्याको जोडी  | Khabarhub Khabarhub

बाह्र वर्षपछि रजनीकान्तसँग बाँधियो ऐश्वर्याको जोडी 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन केही समय यता चर्चामा छिन् । दक्षिण भारतीय फिल्म ‘पीएस वान’ मा अभिनय गरिरहेकी ऐश्वर्यालाई त्यतैबाट राम्रै अफर आइरहेको छ । आइरहेको अफरमा समेत उनी पोजेटिभ छिन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरूको बढ्दो क्रेजलाई मध्यनजर गर्दै ऐश्वर्या कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् ।

मणिरत्नको तमिल फिल्म ‘पुन्निइ सेल्भान’ पछि ऐश्वर्या रजनीकान्तसँग १२ वर्ष पश्चात ‘थालैयावार १६९’ मा देखिँदैछिन् । रोबोटमा काम गरेको १२ वर्ष पश्चात ऐश्वर्या रजनीकान्तसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । 

फिल्मलाई निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्दैछन् । संगीत कम्पोज अनिरुद्रले गर्ने भएका छन् । फिल्ममा ऐश्वर्याले रजनीकान्तको पत्नीको भूमिकामा अभिनय गर्दैछिन् । फिल्मको मुख्य भूमिकामा राम्या कृष्णा र प्रियंका अरुल मोहनले समेत अभिनय गर्ने भएका छन् । सन् २०२२ अगस्टदेखि फिल्म छायांकन सुरु हुने जनाइएको छ । सन् २०२३ मा फिल्म रिलिजको तयारी छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : २७ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म