चार प्रदेशमा पुग्यो मनसुन, अन्य प्रदेशमा केही दिनमा « Khabarhub

चार प्रदेशमा पुग्यो मनसुन, अन्य प्रदेशमा केही दिनमा


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो ।

देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ०१ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका