वडा अध्यक्ष रिजालको घरमा बालेनको ‘लन्च मिटिङ’ « Khabarhub

वडा अध्यक्ष रिजालको घरमा बालेनको ‘लन्च मिटिङ’


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

लन्चसहितको सो मिटिङमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै यस कार्यमा मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  २ : ५५ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र