५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम « Khabarhub

५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप–२ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ ।

जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७० वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।

उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए । तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।

सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।

केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ ।

अध्ययनका लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, उल्लेखनीय संख्यामा पुरुषहरूले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : १८ बजे

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का