१२९.५ किलोग्राम तौल एउटै औँलाले उचालेर विश्व कीर्तिमान « Khabarhub

१२९.५ किलोग्राम तौल एउटै औँलाले उचालेर विश्व कीर्तिमान


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ । तर, बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् ।

प्रोफेसनल मार्शल आर्टिस्ट रहेका उनले एउटा औँलाले सबैभन्दा भारी सामान उठाउने यसअघिको विश्व कीर्तिमान तोडेका छन् । १० वर्ष पुरानो रेकर्डलाई उनले तोडेका हुन् ।

उनले सन् २०२२ को फेब्रुअरीमा केन्टमा रेकर्डका लागि प्रयास गरेका थिए र आफ्नो दाहिने हातको बीचको औंलाले १२९ दशमलब ५ केजी तौल कीर्तिमानी आठ सेकेण्डसम्म उचाल्न सफल भएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

रेकर्डलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले स्वीकार गरेको छ । गिनिजले यसबारेमा आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गर्‍यो ।

किलरको प्रयासमा ६ वटा फलामका डिस्कहरू समावेश थिए – एउटा १० केजी तौलको, अर्को २० केजी तौलको, तीन वटा प्रत्येक २५ किलोग्राम तौलको र एउटा २६ केजीभन्दा अलि बढी तौलको ।

एउटा हुकलाई बीचमा पारेर डिस्कहरूलाई एउटा माथि अर्को गरेर राखिएको थियो । त्यसपछि उनले माँझी औँलाले हुकलाई उचालेका थिए ।

‘यो अविश्वसनीय रूपमा पीडादायी छ, तर मेरा औंलाहरू बलिया छन् र मलाई मेरो लिफ्टमा गर्व छ’, किलरले गिनिज बुक अफ वर्ल्ड रेकर्ड वेबसाइटलाई भने । वेबसाइटका अनुसार ४८ वर्षीय किलर विगत चार वर्षदेखि शक्ति प्रशिक्षणको अभ्यास गरिरहेका छन् ।

१८ वर्षको उमेरदेखि नै किलरले जुडो र कराँतेको अभ्यास गर्दै आएका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा यस अभ्यासले पनि उनलाई ठूलो सहयोग गरेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : २८ बजे

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता