प्रतिनिधिसभाको बैठकमा सहरसँगै सभ्यता बचाउन सांसदहरुको आग्रह | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठकमा सहरसँगै सभ्यता बचाउन सांसदहरुको आग्रह


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद्हरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन् ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, सांस्कृतिक विविधता मौलिकता जोगाउन गम्भीर ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले बझाङलाई आलु र मुला खेतीको केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गर्न सुझाव दिइएकामा लागू नभएको गुनासो गरे ।

उनले भने, “सिंहदरबारमा गएर मन्त्री, सचिव र विभागका प्रमुखहरूलाई बजेट र कार्यक्रमबारे सुझाव दिँदा थाक्ने स्थिति भइसकेको छ तर बजेट र कार्यक्रम मन्त्रीका क्षेत्र र आफन्तहरूलाई पार्ने गरिएको छ ।”

नेकपा ‘माओवादी केन्द्र’ का सांसद अञ्जना विसंखेले बजेट आमरुपमा सकारात्मक भए पनि योजना छनोट गर्दा समानुपातिक र वैज्ञानिक विकासको ढाँचालाई पूर्ण कार्यान्वयन नसकिएको बताइन् । सांसदहरू गजेन्द्र महत, डा दीपकप्रकाश भट्ट, राजबहादुर बुढालगायतले उक्त छलफलमा भाग लिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ३५ बजे

सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

काठमडौं- श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,