नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरल फ्लिन भेटवार्तामा व्यस्त (फोटो फिचर) « Khabarhub

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरल फ्लिन भेटवार्तामा व्यस्त (फोटो फिचर)


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख जनरल चार्ल्स ए. फ्लिनले पाँचखालस्थित नेपाली सेनाको तालिम केन्द्रको भ्रमण गरेका छन् ।

चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका फ्लिनले आजै शिवपुरीस्थित सैनिक कमाण्ड एवम् स्टाफ कलेजको भ्रमण समेत गरेका छन् ।

पाँचखालमा फ्लिनलाई त्यहाँको शान्ति कार्य निर्देशनालयका निर्देशकले स्वागत गरेका थिए । भ्रमणका क्रममा अमेरिकी टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी गराएको जङ्गी अड्डाले जनाएको छ ।

त्यस्तै, शिवपुरी भ्रमणका क्रममा अमेरिकी टोलीले स्टाफ कलेजमा तालिम लिइरहेका शिक्षार्थीहरुसँग अन्तर्क्रिया गरेको सेनाले जानकारी दिएको छ । फ्लिनले कलेज परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

तस्वीरहरु- नेपाली सेना

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ४७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका